Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रीमती हत्या अभियाेगमा श्रीमान जेल चलान

दैलेख । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको जंगलमा मृत फेला परेकी सुनिता विक हत्या प्रकरणमा पक्राउ परेका श्रीमान जेल चलान भएका छन्। श्रीमती हत्याका आरोपित गुराँस गाउँपालिका–१ खड्कवाडाका २१ वर्षीय प्रेमबहादुर बिक पुर्पक्षका लागि जेल चलान भएका हुन्।

दैलेख जिल्ला अदालतकाे अादेशमा उनलाइ जेल चलान गरिएकाे हाे। प्रहरी अनुसन्धानपछि पेश भएको कर्तव्यज्यान मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कारागार पठाएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानले बताए।

डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित माइतीघरमा बस्दै आएकी २१ वर्षीया सुनिता गोठाला गएको बेला बेलामा कात्तिक १७ गते गुप्ताङ्गमा काठ घोच्नुसँगै घाँटी थिचेर हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। लटालीस्थित भैंसी बान्ने जंगलमा मृत फेला परेकी सुनिताको हत्या भएकै दिन साँझ ५ बजे तल्लो डुंगेश्वरबाट जीपमा चढी कालिकाकोटको मान्म बजार पुगेका आरोपित प्रेमबहादुर बिकलाई दैलेख प्रहरीले लास भेटिएकै दिन कालिकोट प्रहरीको सहायतामा मान्मबाट पक्राउ गरेको थियो।

अर्धनग्न अवस्थामा हत्या गरिएको शव फेला पर्नु, प्रेमबहादुरकै दाइले भाइ भारत गएका छन् भनी स्वयम् ढाँटेको कारण सुनिताका श्रीमान माथि शंका राखी अनुसन्धान गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077