Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यसवर्षकाे एसईई परीक्षा आगामी जेठमा, खुल्यो रजिस्ट्रेसन फाराम

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन समेत आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077