Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र प्रचण्डकाे अकर्मण्यताले मुलुक अनिर्णयको बन्दी भयाे : नेता थापा

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् ।

प्रेस युनियन धनकुटाले बिहीबार आयोजना गरेको पत्रकार भेलामा थापाले लोकतान्त्रिक शक्ति चुनावबाट पछि नभाग्ने भन्दै सर्वोच्च अदालतले चुनावमा जानू भन्ने निर्णय गरेमा त्यसलाई कांग्रेसले सहर्ष स्वीकार गर्ने बताए ।

पुस १९ गते आयोजना हुने पार्टीको केन्द्रीय समितिको बैठकले यसबारे थप रणनीति बनाउने उनले जनाए ।

यसैगरी, सहमहामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्षको अकर्मण्यताका कारण मुलुक अनिर्णयको बन्दी भएको उल्लेख गरे । 'भ्रष्टाचार, हत्या, बलात्कारजस्ता जघन्य घटनामा दुवै पक्ष दोषी छन्,' उनले भने, 'यसबाट उन्मुक्ति दिने ठाउँ छैन ।'

यस्तै, प्रधानमन्त्री ओलीले हठातमा आएर प्रतिनिधिसभा विघटन गर्ने निर्णयबाट संविधानमाथि कुठाराघात गरिएको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077