Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • बालुवाटार घोटाला : बिष्णु पौडेलका छोराका कारण आईजीपीलाई संकट

    बालुवाटार घोटाला : बिष्णु पौडेलका छोराका कारण आईजीपीलाई संकट

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । देशमा राजनीतिक संकट बढीरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पनि एउटा संकट आइलागेको छ ।

    अबको ४० दिनभित्र एउटा भिआईपी मुद्दाको अनुसन्धान टुंग्याउनुपर्ने दायित्व सिआइबीलाई छ । गत वर्षको बहुचर्चित बालुवाटार जग्गा प्रकरणको अनुसन्धान सिआइबीमा जारी छ । जून अबको करिब ४० दिनभित्र टुंगो लगाउनुपर्ने बाध्यता उसँग छ । जसकारण सिआइबीका प्रहरीलाई तनाव बढेको छ ।



    भिआईपीहरु जोडिएको यो मुद्दामा कसलाई पक्राउ गर्ने कसलाई नगर्ने भन्नेमा सिआइबीलाई समस्या छ । ठगी तथा र्कीर्ते मुद्दाको हदम्याद एक वर्षको हुन्छ ।



    जुन हदम्याद फागुनको पहिलो साता सकिन्छ । माथिल्लो आदेश प्रष्ट नहुँदा सिआइबीले अनुसन्धान सकेर पनि कसैलाई पक्राउ गर्न सकेको छैन ।

    अख्तियारले मुद्दा चलाएका १७५ बाहेक पनि अन्य व्यक्तिको पनि यसमा संलग्नता देखिएको छ । जसमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह लगायत छन् ।

    त्यस्तै सर्वोच्चका न्यायाधीश कुमार रेग्मी, अर्थमन्त्री विष्णु पौडेलका छोरा नवीन पौडेललगायतलाई पनि उन्मुक्ति दिन सक्ने अवस्था छैन । सिआइबीको अनुसन्धानमा कांग्रेस नेता विजयकुमार गच्छेदार लगायत पूर्व मन्त्रीहरु समेत पक्राउ पर्ने देखिन्छ ।

    त्यस्तै भाटभटेनीका मालिक मिनबहादुर गुरुङ समेत यसमा मुछिएका छन् । त्यसकारण केही साना तिना व्यक्तिलाई पक्राउ गरी ठूला बडालाई फरार बनाएर मुद्दा चलाउने सम्भावना बढेको स्रोत बताउँछ ।

    यो मुद्दा सिआइबी मात्र होइन, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका लागि समेत ठूलो चुनौती हुने देखिन्छ, दृष्‍टि साप्ताहिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार