Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसा प्रकरण: अध्यागमनका कर्मचारीलाई उन्मुक्ति, नेपाल एयरलाइन्सका कर्मचारी दाेषी

काठमाडौं। भिजिट भिसामा मानवतस्करी गराउने गिरोहलाई सघाउने अध्यागमनका कर्मचारीहरुले उन्मुक्ति पाएका छन् भने नेपाल एयरलाइन्सका कर्मचारीलाई दाेषी देखाइएकाे छ।। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यागमनका कर्मचारीलाई जोगाएको हो।

अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा मानवतस्करी भइरहेको सूचनाका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । करिब तीन साता लगाएर समितिले प्रतिवेदन बुझाइसकेको छ ।

उपसचिव रुद्र पण्डित नेतृत्वको छानबिन समितिले लकडाउन खुकुलो भएयता १० हजार भन्दा धेरै नेपाली भिजिट भिसामा संयुक्त अरब इमिरेट्स(यूएई) पुगेको र त्यसमध्ये ९० प्रतिशत नफर्किएकाले यसमा मानव तस्करी नै भएको निष्कर्ष निकालेको छ । अध्यागमन कर्मचारीकै सेटिङमा यसरी ठूलो संख्यामा नेपालीहरु भिजिट भिसामा विभिन्न देश पुगेका हुन् ।

छानबिनमा अध्यागमनमा कार्यरत कर्मचारीको भूमिका शंकास्पद देखिएपनि प्रष्ट रुपमा उनीहरुलाई दोषी देखाइएको छैन । आफुहरुलाई यसबारे विस्तृत छानबिनको अधिकार नदिइएको समितिका एक अधिकारी बताउँछन् । गोप्य नम्बर र कोड भाषाबाट अध्यागमनबाट भिजिट भिसामा जानेहरुलाई पास गराइन्छ ।

बरु भिजिट भिसामा हुने मानव तस्करीमा नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतो देखाइएको छ । फ्लाई दुबई, एयर अरेबियाको समेत बोर्डिङ पासको जिम्मेवारी नेपाल एयरलाइन्सको भएको र उनीहरुले पर्याप्त कागजपत्र नहुँदा समेत सेटिङका आधारमा बोर्डिङपास दिने गरेको प्रतिवेदनमा औंल्याइएको छ । यात्रा शंकास्पद लागेमा र नियममा तोकिएअनुसार कागजपत्र नभएमा एयरलाइन्सले बोर्डिङ पास नै दिन नमिल्ने प्रावधान अध्यागमनको छ । तर, नेपाल एयरलाइन्सले दुईतर्फी टिकट नभएकालाई समेत बोर्डिङपास दिने गरिएको छानबिनमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077