Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कामचलाउ प्रधानमन्त्रीकाे अभिव्यक्तिले चिन्ता थपियो : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादवले जनता सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिले चिन्ता थपेको बताएका छन् ।

प्रधानमन्त्रीको कदमबारे मंगलबार भएकाे अन्तर्क्रियामा उनले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताए ।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग गरेका छन् ।

उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ ।’

एकातिर सर्वोच्च अदालतका प्रमुख प्रधानन्यायाधीशले संवैधानिक परिषद्को बैठकमा सहभागी भएको र अर्कोतर्फ प्रधानमन्त्रीले लगातार संसद् पुनःस्थापना हुनै नसक्ने भनेर दिएका अभिव्यक्तिले गर्दा आफूहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077