Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेता बस्नेतले भने- सूर्य चिह्न हाम्रो हो, यसमा कसैकाे दावी लाग्दैन

म्याग्दी । नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् ।

सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता सम्भव नरहेको उनले बताए ।

‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनस् एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन,’ राष्ट्रिय युवा संघ नेपालले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’

दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको बस्नेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077