Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा काेराेनाका सक्रिय संक्रमित ५ हजार १३३ मात्र

    नेपालमा काेराेनाका सक्रिय संक्रमित ५ हजार १३३ मात्र

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा अहिले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घटेको हो ।

    पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।



    पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ ।



    यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार