Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोनाका सक्रिय संक्रमित ५ हजार ३६८ मात्र

    कोरोनाका सक्रिय संक्रमित ५ हजार ३६८ मात्र

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा अहिले कोरोनाका सक्रिय संक्रमित अर्थात एक्टिभ केसको संख्या ५ हजार ३६८ जना रहेका छन् । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं २ मा १ हजार ८ सय ७८ रहेको छ ।

    पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । बुधबारको सक्रिय संक्रमित प्रदेश १ मा १ सय १९ जना, प्रदेश २ मा १ हजार ८ सय ७८, वाग्मती प्रदेशमा ४ सय २०, गण्डकी प्रदेशमा ३ सय ८९, प्रदेश नं ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार