Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अधिकांश कोरोना संक्रमित उपत्यकामा, काठमाडौंमा मात्रै एक हजार सक्रिय संक्रमित

    अधिकांश कोरोना संक्रमित उपत्यकामा, काठमाडौंमा मात्रै एक हजार सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।

    बितेको २४ घण्टामा ३ हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ जना छन् ।



    हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ ।



    अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् ।

    पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६९ हजार २०४ पुगेको छ ।

    कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट २ हजार ५५ जनाले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार