Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २,४७६ कोरोना संक्रमित थपिदा ५,४५५ संक्रमणमुक्त, २७ जनाको मृत्यु

    २,४७६ कोरोना संक्रमित थपिदा ५,४५५ संक्रमणमुक्त, २७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गर्दा २ जार ४७६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पिीसीआर विधिबाट ९ हजार ५८६ नमूना र एन्टिजेन विधिबाट ४ हजार ७६५ जनाको नमूना परीक्षण गर्दा क्रमश १ हजार ७२१ र ७५५ जनामा पोजेटिभ देखिएको हो ।



    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८४१ (६ लाख ३१ हजार १५२ पीसीआर र ३ लाख ६८९ एन्टिनेन) पुगेको छ भने निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार