Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा संक्रमण दर घट्दै

    नेपालमा संक्रमण दर घट्दै

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ ।

    पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।



    तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७.९ प्रतिशत निको भइसकेका छन् ।



    हाल नेपालभरि ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने १ सय ५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म ६ लाख ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार