Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित भएका १३ जिल्ला

    ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित भएका १३ जिल्ला

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका जिल्लाकाे संख्या १३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।



    स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार झापामा ९ सय ३५, मोरङमा २ हजार ८ सय २२, सुनसरीमा १ हजार ९ सय ५७ जना सक्रिय संक्रमित रह्रका छन् ।



    यता काठमाडौंमा भने १६ हजार ८ सय ९० संक्रमित उपचाररत छन्। यस्तै भक्तपुरमा १ हजार १ सय ५१ संक्रमित छन्। त्यस्तै ललितपुरमा उपचार गराउनेको संख्या २ हजार ३ सय ३ पुगेको छ।

    यस्तै काभ्रेपलाञ्चोकमा ५ सय ३६, चितवनमा उपचाररत १ हजार ३ सय ६१, मकवानपुरमा ७ सय ७६, कास्कीमा ९ सय ६१, पूर्वी नवलपरासीमा ५ सय २५, दाङमा ६ सय ५६ र रुपन्देहीमा १ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार