Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोरोना: ७६५ मा झर्यो सक्रिय संक्रमितको संख्या

    कोरोना: ७६५ मा झर्यो सक्रिय संक्रमितको संख्या

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।



    सोहि अबधिमा कोरोनाका कारण कसैको पनि मृत्‍यु भएको छैन । कोरोनाका कारण ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् ।



    जसमध्‍ये ७२६ जना होम आइसोलेसनमा रहेका छन् भने ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये १२ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार