Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओली समूहद्वारा ३० लाख हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद यतिखेर भुसको आगो झै फैलिएको छ । नेकपा केपी ओली समूह तथा प्रचण्ड-माधव समुहबीच एकले अर्कोलाई कारवाही गर्नेदेखि खुइल्याउने काम अगाडि बढेको छ।

बुधबार प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्य र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्,  'बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पीएचडीलाई कारबाही गर्न सिफारिश समेत गरेको बताइएको छ।'

त्यस्तै, बैठकले पुस २४ गते धनगढीमा जनसभा गर्ने निर्णयसमेत गरेको छ। जुन सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएकाे छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

संसद विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा पुगेको छ । नेकपा विभाजनको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ।

अहिलेसम्म आयोगले कसैलाई पनि निर्वाचन चिन्ह प्रदान गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077