Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका पठाइदिने भन्दै लाखौं ठगी गर्ने युवती पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले अमेरिका पठाइदिने भन्दै ५० लाखबढी ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–४ बस्ने २४ वर्षीया विद्या शर्मा रहेकी छिन् । उनले दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाखबढी ठगी गरेकी प्रहरीले जनाएको छ ।

गत असारमा कोरोना भाइरसको महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगेकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिइओ) बताउँने गरेकी थिइन् ।

अमेरिकाको लागि भिसा पनि लागीसकेकाले ८–१० जना लान सकिने भन्दै ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा उनलाई गरिएको प्रहरीले जनाएको छ।

उनले अमेरिका पठाइदिने भन्दै नारायण नगरपालिका–१ नयाँ बजारका मनोज थापाको ९० हजार, सोहि वडा बस्ने विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार यही पुस ९ गते ठगी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको र जिल्ला अदालत दैलेखको पक्राउ अनुमति बमोजिम महानगरीय प्रहरी परिसर टेकु काठमाडौंसँग समन्वयमा पक्राउ गरी दैलेख उपस्थित गराइएको जनाएको छ।

प्रक्राउ परेकी उनलाई पुस २१ गते देखी लागू हुने गरी जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077