Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्वास्थ्य मापदण्ड अपनाएर माघ १ गतेबाट विद्यालय खोल्न अनुमति

    स्वास्थ्य मापदण्ड अपनाएर माघ १ गतेबाट विद्यालय खोल्न अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रबक्ता ईश्वरमान डंगोलका अनुसार महानगरले जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न महानगरको भित्रका बिद्यालयलाई अनुमति दिएको हो ।



    महानगरका विद्यालयले गत असारबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार अनलाइन कक्षा चलाइरहेका छन् ।



    अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको अभिभावकले बताउँदै आएका छन् । काठमाडौं महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षा सन्चालन गरिरहेको छ ।

    यहि माघ १ गतेदेखि काठमाडौं महानगरका सबै बिद्यालय सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्ने भएका छन् ।उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार