Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरबाट १६५ किलो गाँजासहित ८ जना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले १६५ किलो लागुऔषध गाँजासहित ८ जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका-६, रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट १०० किलो गाँजा आजै बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077