Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाबाट फर्किएका श्रीमानको हत्या गरी श्रीमतीद्वारा आत्महत्या

काठमाडौं । टोखास्थित ग्राण्डी अस्पताल नजिकै श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको अवस्थामा दुबै जनाको लास भेटिएको छ।

श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएको अवस्थामा लाश भेटिएको छ ।

अमेरिकाबाट भर्खरै फर्किएका उमेश र श्रीमती सुदिक्षा गिरीबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार उमेश बेडरुममा लडिरहेको अवस्थामा र श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेका थिए। उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको छ।

सिलौटो प्रहार गरेर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

कोठाभित्र लक भएको हुँदा श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । केसीका परिवारले भने हत्यापछि आत्महत्या भनिए पनि घटना शंकास्पद भएको आशंका गरेका छन् । मृतक उमेश केसीका दाजु हिमेशले भने र दशैंको फूलपातीमा नेपाल आएका उमेश जनवरी १४ मा अमेरिका जाने तयारीमा रहेको बयान प्रहरीलाई दिएका छन्।

उमेशले तीन महिनाअघि मात्रै अमेरिकाको ग्रीन कार्डसमेत पाएका थिए । उमेशकी पत्नी भने नेपालमै बस्दै आएकी थिइन् । उमेशले कमाएको पैसा माइती पक्षले भोगचलन गरेको र पछिल्लो घटना पनि त्यसैसँग जोडिएको हुन सक्ने आशंका हिमेशले गरेका छन् ।

परिवारलाई खबरै नगरी प्रहरीले शव उठाएर अस्पताल पुऱ्याएको हुँदा घटना संकास्पद रहेको हिमेशले वताएका छन् ।

परिवारलाई जानकारी नै नदिएर शव उठाएर अस्पताल पुर्‍याउनुले महानगरीय प्रहरी वृत्त महाराजगन्जको कमजोरी देखिएको छ।

प्रहरीले दुबै जनाको  पोष्टमार्टम रिपोर्टपछि सबै कुरा खुल्ने जनाएको छ ।  प्रहरीका अनुसार मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077