Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस

    ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी ओली निकट नेकपाले मधेश र सुदूरपश्चिममा आफ्नो संगठन बिस्तारलाई बढी प्राथमिकता दिएको देखिएको छ ।

    सुदूरपश्चिमबाट यसअघिको मन्त्रिपरिषदमा एक जनामत्र रहेकोमा अहिले ४ जना मन्त्री बनाएका छन् भने २ नम्बर प्रदेशमा जुलीकुमारी महतो र प्रभु साहलाई मन्त्री बनाएका छन् ।



    ओलीले मधेशमा प्रभाव बिस्तार गर्न प्रभु साहलाई मन्त्री बनाएका छन् । मातृका यादव र साहबीचको तिक्तता र माधव नेपाललाई देखाउन उनले साहलाई मन्त्री बनाएका छन् ।



    त्यतिमात्र नभएर आज काठमाडौंमा धोती जुलुस निकालेर मधेशको पक्षमा आफूलाई देखाउन खोजेका छन् ।

    यसअघि मधेशलाई होच्याएको भन्दै मधेसी समुदाय ओलीसँग रुष्ट थिए । मधेशीको प्रिय धोती जुलुस निकाल्ने काम ओली पक्षका योगनारायण यादवले गरेका छन् ।  

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार