Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रचण्डलाई संकेत गर्दै बादलले भने – विदेशीको इशारामा कम्फर्टेबल सरकार बनाउन खोजियो

    प्रचण्डलाई संकेत गर्दै बादलले भने – विदेशीको इशारामा कम्फर्टेबल सरकार बनाउन खोजियो

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विदेशीको इशारामा कम्फर्टेबल सरकार बनाउन खोजिएको बताएका छन् ।

    गृहमन्त्री थापाले आज पोखरमा आयोजित ओली नेतृत्वको नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संकेत गर्दै विदेशीको इशारामा कम्फर्टेबल सरकार बनाउन खोजिएको बताएका हुन् ।



    गृहमन्त्री थापाले अविश्वास प्रस्तावलाई फिर्ता गरेर पार्टी एकताको बाटोमा ल्याउन पनि प्रचण्ड-माधव समूहलाई आग्रह गरेका छन् । ‘यो उहाँहरुलाई सच्चिने अन्तिम अवसर हो । तपाईंहरु भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कनुहोस्,’ उनले भने ।



    त्यस्तै, ओलीसमूहका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले पुराना शक्तिहरुले नेपालमा समाजवाद स्थापना भएको देख्न नचाहेको बताएका छन् । उनले देशभित्र र बाहिरका पुराना शक्तिले नेपाल समृद्ध भएको देख्न नचाहेको आरोप लगाएका हुन् ।

    नेपालमा समाजवाद स्थापना गरेर विदेश र स्वदेशमा छट्पटाइरहेका नेपालीलाई खुसी दिने पनि गृहमन्त्री थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार