Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सर्वोच्चद्वारा गृहमन्त्री बादलसहित ७ जना मन्त्रीको नियुक्ति बदर

    सर्वोच्चद्वारा गृहमन्त्री बादलसहित ७ जना मन्त्रीको नियुक्ति बदर

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ७ जना मन्त्रीहरुको नियुक्ति बदर गरेको छ।

    आज सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य समेत नरहेका मन्त्रीहरु बादललगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्दै नियुक्ति बदर गरेको हो।



    अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले गरेको नियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ।



    उनीहरू अब प्रतिनिधि सभा वा राष्ट्रिय सभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । नियुक्ति बदर भएका मन्त्रीहरु नेकपा माओवादी केन्द्र त्याग गरेर एमालेमा प्रवेश गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार