Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गौर हत्याकाण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    गौर हत्याकाण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 276
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।

    बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।



    २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।



    उक्त मुद्दा तीन पटक हेर्न नभ्याइने, एक पटक बेन्च बस्न नभ्याइनेमा पर्दै बुधबार भने कारण देखाऊ आदेश भएको हो ।

    ०६४ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।

    उक्त हत्याकाण्डमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार