Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन

    राप्रपाको भोट बादललाई

    राप्रपाको भोट बादललाई

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बाग्मती प्रदेशमा नेकपा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ ।

    जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ उम्मेदवार रहेका छन् ।



    एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेको र एमालेबाट बादललाई भोटहाल्न अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेलाई मतदान गर्ने निर्णय गरेको राप्रपा एक नेता जानकारी दिए ।



    यस्तै, राप्रपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवारको पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन समेत दिएको छ ।

    बाग्मतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईजना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार