Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एमालेलाई तीनै तहका चुनाव जिताउने ओलीको घोषणा

    एमालेलाई तीनै तहका चुनाव जिताउने ओलीको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय, प्रदेश र सङ्घीय तहका चुनावमा केन्द्रित हुन पार्टीको सम्पूर्ण निकायहरूलाई निर्देशन दिएका छन्।

    पार्टीको विधान महाधिवेशनको समापन समारोहमा सम्बोधन गर्दै उनले अव हुने ती चुनावहरूमा आफ्नो दल नै विजयी हुने बताए।



    नेकपा एमालेमा केही समय पहिले देखिएको विभाजनले ठूलो असर नगर्ने भन्दै ओलीले आफ्ना विपक्षीहरूले गर्नसक्ने धाँधलीबारे सतर्क रहन भनेका थिए।



    नेकपा एमालेले आगामी मङ्सिरमा पार्टीको नयाँ नेतृत्व चयनका लागि दशौँ महाधिवेशन गर्दैछ र त्यसअघि नै जिल्ला र स्थानीय तहको नेतृत्व छनौटका लागि अधिवेशनहरू हुनेछन्।झन्डै पाँच हजार प्रतिनिधि सहभागी भएको भनिएको विधान अधिवेशनमा बोल्दै ओलीले अब हुन लागेका निर्वाचनहरू जित्नु पार्टीको प्रमुख कार्यभार हुने बताए।

    ओलीले भने, ‘हामीले अब स्थानीय तहको निर्वाचन जित्नैपर्नेछ। सङंघीय र प्रदेश तहका निर्वाचन जित्न पर्नेछ। सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा फेरी हामीले आफ्नो वर्चस्व जमाउनुपर्नेछ। केन्द्रीय सरकार एमालेको बहुमतको सुदृढ सरकार बनाउनुपर्नेछ।’ उनले चुनावमा धाँधली हुन नदिन आफ्नो दलले सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए।

    ओलीले तल्लो तहका अधिवेशनहरू गर्दा आगामी चुनाव जित्ने खालका सङ्गठनहरू निर्माण गर्न अधिवेशन प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए।आफूलाई विस्थापित गरेर बनेको सरकारले अढाई महिना बित्दा मन्त्रिपरिषद् पूर्णता दिन नसकेको, तुइन काण्ड लगायतका घटनामा राष्ट्र हितमा अडान लिन नसकेको भन्दै उनले यसले विकासका कामहरू अघि बढाउन नसक्ने समेत टिप्पणी ओलीले गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार