Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमालेका शीर्ष नेताहरु चितवन आउने क्रम सुरु, सहमतिबाटै नेतृत्व चुन्ने बादलको दाबी

    एमालेका शीर्ष नेताहरु चितवन आउने क्रम सुरु, सहमतिबाटै नेतृत्व चुन्ने बादलको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.4K
    SHARES

    चितवन । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ ।

    यसै क्रममा बिहीबार बिहान काठमाडौँबाट चितवन आएका थिए पार्टी स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा ‘बादल’ र सुरेन्द्र पाण्डे । उनीहरु आउने थापा भएसँगै कुरेर बसेका संचारकर्मीहरुले बादल र पाण्डे भरपुर विमानस्थल आएसँगै महाधिवेशन केन्द्रीत प्रश्नहरु गरे।



    पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताए , यस्तै बादलकै कुरामा सही थापेका अर्का नेता पाण्डेले भने चुनाव भएको खण्डमा आफू महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने घोषणा गरे।



    नेता बादलले सकेसम्म सहमति गर्ने यदि सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताएका छन्। यद्यपि आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा भने अझै टुंगो नलागेको बादलले बताए।

    ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ, बादलले भने, ‘सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’

    महाधिवेशन भोलि मङ्सिर १० गतेदेखि १२सम्म चितवनमा हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार