Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रियसभा सदस्यको उम्मेद्वारी दिन गृहमन्त्री थापा हेलिकप्टरमार्फत हेटौंडामा

    राष्ट्रियसभा सदस्यको उम्मेद्वारी दिन गृहमन्त्री थापा हेलिकप्टरमार्फत हेटौंडामा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 3K
    SHARES

    हेटौँडा । राष्ट्रियसभा सदस्यको उम्मेद्वारी दिन गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर वागमती प्रदेशको सदरमुकाम हेटौंडा आइपुगेका छन् ।

    शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि थापा चुनाव लड्न राजी भएका थिए । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा आइपुगेको स्रोतले बताएको छ ।



    हेलिकप्टरबाट ओर्लिएर उनी सिधै निर्वाचन कार्यालयमा पुगेका छन् । यस्तै गृहमन्त्री थापाका प्रतिद्वन्दी डा। खिमलाल देवकोटाले पनि उम्मदेवारी दर्ता गरिसकेका छन् ।



    गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मदेवार बनेका हुन् भने डा। देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिएका हुन् । ।

    आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार