Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रामनारायण बिडारीसहित राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिँदै (सूची)

    रामनारायण बिडारीसहित राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिँदै (सूची)

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विसं २०७४ सालमा निर्वाचित भएर चार वर्षे कार्यकालमा परेका राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिँदैछ ।

    आजबाट विदा हुनेहरुमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।



    यस्तै, कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।



    यसैगरी, नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभावाट आजै बिदा हुनेछन् ।

    रिक्त पदका लागि निर्वाचित भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार