Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी नेता बिडारी भन्छन् – जन्मसिद्वका छोराछोरीलाई तत्काल नागरिकता दिऔं, बुहारीको विषयमा सोच्दै गरम्ला

    माओवादी नेता बिडारी भन्छन् – जन्मसिद्वका छोराछोरीलाई तत्काल नागरिकता दिऔं, बुहारीको विषयमा सोच्दै गरम्ला

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 828
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका पूर्वसदस्य एवम् नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले नागरिकता विधेयकबारे भ्रम फैलाइएको बताएका छन् ।

    माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विद्रोही पक्षले आयोजना गरेको ‘नागरिकता विधेयक : भ्रम र यथार्थ’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै बिडारीले यस्तो बताएका हुन् ।



    उनले भारतीय र तिब्बती मूलका नागरिकले नेपाली नागरिकता पाउन लागेको भ्रम फैलाइएको बताए।



    बिडारीले भने, ‘२०४५ सालमा नागरिकता पाउनेको छोरो अहिले ३५ वर्ष पुग्यो । बुवा नेपाली नागरिक हुने, तर छोराछोरी अनागरिक हुने,

    यस्तो पनि कहीं हुन्छ ? जन्मसिद्वका छोराछोरीलाई तत्काल नागरिकता दिनुपर्छ । एनआरएनको बारेमा बुहारीको विषयमा सोच्दै गरम्ला ।’

    नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले बेइमानी गरेको आरोप उनले लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार