Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चोलेन्द्रलाई महाअभियोग लगाउने तयारी भइरहेको गठबन्धकै नेताहरुको खुलासा

    चोलेन्द्रलाई महाअभियोग लगाउने तयारी भइरहेको गठबन्धकै नेताहरुको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 951
    SHARES

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउने तयारी भइरहेको सत्ता गठबन्धमा आबद्ध दलका नेताहरुले खुलासा गरेका छन्।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सत्ता गठबन्धन (नेपाली कांग्रेस)का सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश जबराविरूद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताए ।



    कांग्रेस सांसद अधिकारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नभएको भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न हुन्न भन्ने पक्षमा आफूले सुरूदेखि नै अडान राखेको बताए ।



    यस्तै, सांसद बिडारीले पनि अधिकारीले झैं प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको दाबी गरे । बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरिएको समेत बताए ।

    अधिवक्ता समेत रहेका सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने दाबी समेत गरे।

    पछिल्लो समय प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषदमा भाग खोजेको, न्यायिक बिचलन गरेको र अदालतका मुद्धाहरुमा बिचौलियाहरुसँग साँठगाँठ गरेको लगायतका आरोप लगाउदै कानुन व्यवसायीहरुले दिनहुँ उनको राजिनामा माग्दै बिगत एक महिनादेखि प्रदर्शन गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार