Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमालेका कारण देश दुर्गतिमा पर्यो, भोट अपच भो: रामनारायण बिडारी

    एमालेका कारण देश दुर्गतिमा पर्यो, भोट अपच भो: रामनारायण बिडारी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । राष्ट्रियसभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले एमालेका कारण देश दुर्गतिमा परेको आरोप लगाएका छन्।

    बिहीबार राति प्राइम टाइम टेलिभिजनबाट प्रसारित जनता जान्न चाहन्छन् कार्यक्रममा प्रस्तोता ऋषि धमलासँगको कुराकानीमा नेता बिडारीले यस्तो आरोप लगाएका हुन् । जनताको भोट एमालेलाई अभिषाप/ अपच भएको बिडारीको भनाइ छ।



    ‘अब सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने एमालेले घोषणा गरिसक्यो, अब तपाईहरु के भन्नु हुन्छ ? ‘भन्ने प्रस्तोता धमलाको प्रश्नको जवाफमा बिडारीले भनेका छन्, ‘एमालेले के के भन्छ, त्यसमा बगेर हिड्यो भने त,’ ‘बीचमा धमलाले सोधे ‘एमाले देशको ठुलो पार्टी आज’ जवाफमा बिडारीले भने त्यहि ठुलो पार्टी भएका कारण देश दुर्गतिमा पर्यो, सानो भएको भए यस्तो दिन आउँदिन थ्यो । यो सबै वाइह्यात हो।’



    सभामुखको भूमिका तटस्थ भएन भन्छन्, सभामुखले प्रचण्डको निर्देशनमा काम गरेको भन्छन् नी भन्ने धमलाको प्रश्नमा बिडारीले यो सबै एमाले गुटको आरोप भएको बताए। यो जनताको प्रश्न होइन, सबै एमालेको कारण भएको हो।

    कार्यक्रममा बिडारीले आगामी असोज अगाडि निर्वाचन गर्नु संबिधान सम्बत् नभएको बताए । स्थानीय तह निर्वाचन ऐन अनुसार चैतमा चुनाव हुनुपर्ने बिडारीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार