Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोलेन्द्रलाई महाअभियोग लगाउनकै लागि संसद बैठक डाकिएको सांसद विडारीको खुलासा

    चोलेन्द्रलाई महाअभियोग लगाउनकै लागि संसद बैठक डाकिएको सांसद विडारीको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनकै लागि संसद बैठक डाकिएको बताएका छन्।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन दलहरुबीच छलफल भइरहेको दाबी समेत गरे।



    प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको सांसद बिडारीको भनाइ छ । बिडारीले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने दाबी समेत गरे।



    पछिल्लो समय प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषदमा भाग खोजेको, न्यायिक बिचलन गरेको र अदालतका मुद्धाहरुमा बिचौलियाहरुसँग साँठगाँठ गरेको लगायतका आरोप लगाउदै कानुन व्यवसायीहरुले दिनहुँ उनको राजिनामा माग्दै बिगत एक महिनादेखि प्रदर्शन गर्दै आएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मङसिर १६ गतेको मन्त्रिपरिषद बैठकको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बिहीबार मङ्सिर २८ गतेलाई संसद बैठक आह्वान गरेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार