Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रियसभा सदस्य घिमिरेको प्रश्न – कतै यो सरकार दिल्लीबाटै बनेको हो त हैन ?

    राष्ट्रियसभा सदस्य घिमिरेको प्रश्न – कतै यो सरकार दिल्लीबाटै बनेको हो त हैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 648
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य बिमला घिमिरेले नेपालको सार्वभौम संसदले प्रधानमन्त्री बनाउने कि दिल्लीलाई खुसी पारेर बनाउने हो भन्दै प्रश्न गरेकी छिन् ।

    शुक्रबार बसेको राष्ट्रिसभा बैठकमा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी घिमिरेले सरकार दिल्लीबाटै बनेको त हैन भन्दै प्रश्न गरेकी हुन् ।



    उनले गत असार १८ गते भारतीय मुलका नेपाली नागरिक प्रितम सिंहको पुस्तक विमोचनको क्रममा मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली पनि जानुभयो भन्ने प्रचण्डको भनाईको नेपालमा धेरै विरोध भएको बताइन् ।



    असार १८ गतेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।

    घिमिरेले भनिन्,‘यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानको शीर झुकेको छ । यो भनाईले हाम्रो सम्मानित संसद र सांसदहरुको अपमान मात्र भएको छैन, संविधानको धारा ५ मा भएको व्यवस्था समेत आकर्षण भएको छ । सम्माननीय अध्यक्षज्यूमार्फत म सोध्न चाहन्छु, नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको हो । प्रधानमन्त्री सार्वभौम संसदले बनाउने हो कि दिल्लीलाई खुसी बनाएर पाउने हो ? कतै भारतका लागि कन्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भीर रुपले नेपाली जनताले उठाइरहेका छन् । ’

    उनले कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा प्रधानमन्त्रीको आत्मसर्मपणवादी अभिब्यक्तिले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति गम्भीर असहमति जनाइरहेको बताइन् । घिमिरेले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाएको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदको कार्यसूची अघि नबढाउन समेत उनले आग्रह गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार