Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बलात्कारसम्बन्धी मुद्धामा हदम्याद प्रावधान हटाउन राष्ट्रियसभा सदस्यको माग

    बलात्कारसम्बन्धी मुद्धामा हदम्याद प्रावधान हटाउन राष्ट्रियसभा सदस्यको माग

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन् ।

    सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गरिन् ।



    नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहराले नीति तथा कार्यक्रम र बजेटमा तल्ला तहका जनताको समस्यालाई सम्बोधन गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीले प्राथमिकता पाउनेमा विश्वास व्यक्त गरे ।



    नेकपा (एमाले) का सांसद सुमित्रा विसीले स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारले महिलालाई उम्मेवारका लागि स्थान नदिएको गुनासो गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार