Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेका उम्मेदवार पराजित हुने निश्चित

    राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेका उम्मेदवार पराजित हुने निश्चित

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

    निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।



    लुम्बिनी प्रदेशमा प्रतिपक्षी एमाले र स्वतन्त्र सांसद मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै सम्भावना छैन । एमाले र एक स्वतन्त्र सांसदबाहेक अरू सबै दल पाँच दलीय गठबन्धनमा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।



    निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहतर्फको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको हो । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवारहरू सबै प्रदेशमा पराजित हुने मतभारले देखाउँछ । लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार