Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन : यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गरको आरोप लगाएका छन् ।

जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने–‘प्रधानमन्त्री ओलीले निरंकुशता लाद्नकै लागि संसद विघटन गरेर निर्वाचन घोषणा गरेका हुन् ।’

अध्यक्ष यादवले थप भने–‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन। यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो।’

ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गर्दै उनले भने–‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ । तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ। यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077