Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ओलीसँग मिलेर जाने देउवाको संकेत : बाहिर बिरोध, भित्र समर्थन

    ओलीसँग मिलेर जाने देउवाको संकेत : बाहिर बिरोध, भित्र समर्थन

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने संकेत गरेका छन्।

    काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ बूढानीलकण्ठमा आयोजित विरोधसभालाई शनिबार सम्बोधन गर्दै  देउवाले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका थिए।



    तर,देउवाले सर्वोच्च अदालतमा सो विषयमा मुद्दा परेकाले अदालतले लिने निर्णय भने कांग्रेसले मान्ने बताएका छन् ।



    यस विषयमा सर्वोच्च अदालतलाई कतैबाट कुनै प्रकारको दवाव दिन नहुने उनले बताए ।

    देउवाले बाहिर संसद बिघटनको बिरोधमा बोले पनि केही समय अघि भएको संबैधानिक नियुक्तीको भागवन्डामा सहमति गरेका कारण उनको बोली र व्यबहारमा फरक देखिएको र शंका गर्ने थुप्रै ठाउँ रहेको कांग्रेसकै नेताहरु वताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार