Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकाे छ । राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो । स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077