Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'प्रतिनिधि सभा विघटन मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हाे'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयले भएको दाबी गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट सिफारिस भएर प्रतिनिधि सभा विघटन भएकाे दावी गरे ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले भने 'केही साथीहरुले यस्तो गर्न हुन्छ र भनेर सोध्नुभएको थियो। मैले कन्भिन्स गरेपछि मान्नु भयो। निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्,' उनले भने, 'सर्वसम्मत निर्णय भएर सिफारिस गरेको हो।'

मन्त्रिपरिषद्को प्रतिनिधि सभाको विघटनको निर्णय गरेसँगै ओली क्याविनेटमा रहेका सात मन्त्रीले साहूहिक राजीनामा दिएका थिए।

मन्त्रीहरु योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, विना मगर, र रामेश्वर राय यादवले प्रधानमन्त्रीको कदमको विरोधमा राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077