Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी प्रभाग बालकोटले ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि हातपात गर्ने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिलवाललाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरीलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077