Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारी जग्गा हाउजिङको नाममा गराउने १७ जनाविरुद्ध मुद्दा दायर

    सरकारी जग्गा हाउजिङको नाममा गराउने १७ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो ।



    यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।



    ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी जग्गा उनीहरूले व्यक्तिको नाममा पास गरिदिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार