Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ब्रेक फेल भएर मस्र्याङ्दीमा खस्यो ट्रक

डुम्रे । बेँसीशहर–चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४ जगत्बाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ ।

बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक ब्रेक फेल हुँदा नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको जानकारी दिए ।

उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077