Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजदूत फिर्ता बोलाउने गृहकार्य भएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको स्पष्ट पारेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उक्त समचारमा कुनै सत्यता नरहेको जनाएको छ।

‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक निकायबाट एकिन गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077