Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरुद्ध दाँत माझेर विरोध

काठमाडौं । संसद विघटनविरुद्ध विवेकशील पार्टीले दाँत माझेर विरोध जनाएको छ।

केही दिनअघि प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा सम्वोधनका क्रममा रोस्ट्रममै थुकेपछि त्यसको प्रतिकात्मक रुपमा मंगलबार विवेकशीलले विरोध जनाएको हो।

जथाभावी थुक्नु सार्वजनिक स्वास्थ्यका लागि हानिकारकसँगै सार्वजनिक शिष्टताको हिसाबले पनि उचित नभएको भन्दै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हो।

देशको नेतृत्व गर्ने, अनुकरणीय व्यक्तिले गर्ने कामले धेरैलाई प्रभावित पार्ने भएकाले प्रधानमन्त्रीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिन पनि साझाले सुझाएको छ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि धावा बोलेको भन्दै विवकेशील करिब १ महिनादेखि आन्दोलित छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077