Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारलाई घेराबन्दीमा पारेपछि संसद विघटन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दी गरेपछी संसद विघटनको अवस्था आएको बताएकी छिन् ।

स्याङ्जामा आयोजित ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले जनतामाझ जाने निर्णय गरेको बताइन् ।

पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको उनको भनाइ थियो ।

उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत दावी गरिन् । ‘पार्टी एकता भएपछि बिचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । मन्त्री अर्यालले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077