Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शेरबहादुर देउवा भन्छन् - विचारधीन मुद्दामा बोल्नु उपयुक्त हुदैन, अदालतको निर्णय स्वीकार्य हुन्छ

सिन्धुपाल्चोक । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।

सिन्धुपाल्चोकमा भएका एक कार्यक्रमा बोल्दै सभापति देउवाले संसद विगटनमा अदालतको निर्णय स्वीकार्य हुने बताए। साथै उनले संसद विघटन असंवैधानिक कदम भए पनि अदालतमा विचारधीन विषयमा बोल्नु उपयुक्त नहुने बताए ।

‘अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसो गर, उसो गर भन्न मिल्दैन’, देउवाले भने, ‘अदालतले संसद पुनस्र्थापना गर्‍यो भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनावको निर्णय गरे चुनावमना भाग लिन्छ ।’

अदालतको निर्णय प्रकृयामा राजनीतिक हस्तक्षप गर्न नहुने धारणा राख्दै देउवाले गाउँमा भएका कार्यक्रम चुनावको लागि पनि काम लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077