Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोजगारीको लोभ देखाएर फेसबुकमार्फत ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् ।

महाशाखाले उनलाई फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई–सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा महाशाखाले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077