Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘महाअभियोग’ लागेपछि ट्रम्पले भने-सत्ता हस्तान्तरण गर्न तयार छु

काठमाडौं । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हार स्वीकारेका छन् ।

बुधबार अमेरिकाको तल्लो सदनबाट दोस्रोपटक ‘महाभियोग’ प्रस्ताव पारित भएपछि ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

गत महिना सम्पन्न राष्ट्रपतिय निर्वाचनमा भएको आफ्नो हारलाई उनले स्वीकार्न मानिरहेका थिएनन् ।

संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण भएको उनको भनाइ छ । गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए ।

उक्त हुलदंगाका क्रममा ५ जना मारिएका थिए । त्यसपछि अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077