Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीमा नक्कली कम्पनीमार्फत करोडौ कारोबार गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

एजेन्सी।  भारतको प्रवर्तन निदेशालयले आइतबार ठूलो कारबाही गरी दुई जना चिनियाँ नागरिकलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) केसमा पक्राउ गरेको छ।

प्रवर्तन निदेशालय एक विशेष वित्तीय अनुसन्धान एजेन्सी हो । जसले भारत सरकार अन्तर्गतका   राजस्व विभाग, वित्त मन्त्रालयका नियमहरुलाई औंल्याउँछ।

प्रवर्तन निदेशालय (इडी)ले चिनियाँ नागरिकहरू चार्ली पेन्ग र कार्टर लीलाई पक्राउ गरेको हो ।

उनीहरु दुबै दिल्लीमा बसोबास गरिरहेका थिए । चिनियाँ कम्पनीहरूका लागि उनीहरुले हवाला नेटवर्क चलाइरहेका थिए । जसले भारत सरकारलाई करोडौं राजस्व घाटा पारेका थिए।

आयकर विभागले गत वर्ष चार्ली पेन्गका कार्यालयहरुमा  छापा मारेको थियो। उनीहरुलाई दिल्ली पुलिसको विशेष टोलीले भर्खर  एफआईआर दर्ता गरेको छ।

उनीहरुले चार्ली पेन्ग नक्कली कम्पनीहरू बनाएर हवाला नेटवर्क सञ्चालन गर्दै थिए । अन्य धेरै कम्पनीहरूलाई धेरै नक्कली ठेगानाहरू मार्फत अपरेटिङ गर्दै पैसाको कारोवार गरेका थिए । 

चार्लीले  साइबर सिटी गुरुग्राम, दिल्ली एनसीआर स्थित पर्म स्प्रिंग प्लाजाको ठेगानामा इनभिन लजिस्टिक इन्डिया प्राइवेट लिमिटेड नामको कम्पनी दर्ता गरेका थिए । तर,  यहाँ कुनै चिनियाँ कम्पनी थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077