Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केपी ओली भगुवा हुन् : भीम रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधामन्त्री केपी शर्मा ओली भगुवा भएको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले आयोजना गरेको वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले ओली संसददेखि भागेको बताएका हुन् ।

संसदबाट, पार्टीबाट भाग्नेलाई शब्दकोषमा एक नम्बरको भगुवा भनिन्छ, उनले भने ।

रावलले ओलीलाई प्रश्न गरे, तपाई कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो? जवाफ दिनुस ओली जी।

नेकपा (एमाले) हुँदाबाट नै ओलीले गुटबन्दी सुरु गरेको उनको आरोप छ।

ओलीले पार्टी एकीकरण गर्दै तीन बर्ष अघि पार्टी नफुटाउने खाएको वाचा बिर्सिएको समेत रावलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077